लेजर व्यवस्थापन
अब स्प्रेडशीट, नोटबुक वा अनुमानको आवश्यकता छैन किनकी तपाईंको सम्पूर्ण व्यवसायको क्रेडिट/डेबिट इतिहास केही क्लिकमै उपलब्ध हुनेछ जसलाई बटुली ले प्रत्येक ग्राहक तथा आपूर्तिकर्ताका लागि स्मार्ट र वास्तविक समयको लेजर स्वचालित रूपमा राख्दछ।
1. ग्राहक लेजर
प्रत्येक बिक्री, फिर्ता वा भुक्तानी प्रविष्टि ग्राहकको व्यक्तिगत लेजर मा तुरुन्तै प्रतिबिम्बित हुन्छ।
विशेषताहरू:
- मिति, इनभ्वाइस सन्दर्भ र रकमसहितको विस्तृत कारोबार इतिहास हेर्न सकिने
- निम्न विवरणहरू स्वचालित रूपमा रेकर्ड हुन्छन्:
- बिक्री (पूर्ण वा बक्यौता)
- प्राप्त भुक्तानीहरू
- बिक्री फिर्ता
- बक्यौता रकम स्पष्ट रूपमा हेर्न सक्नुहुन्छ
कार्यहरू:
- ग्राहकको पूर्ण लेजर PDF ढाँचामा डाउनलोड गर्न सकिने.
- डाउनलोड लिङ्क वा फाइल शेयर मार्फत लेजर साझा गर्न सकिने
- मासिक सारांश वा पारदर्शी हिसाब मिलानका लागि उपयोगी
2. आपूर्तिकर्ता (सप्लायर्स) लेजर
ग्राहक सरह, प्रत्येक खरीद, फिर्ता वा भुक्तानी सप्लायर्ससँग सम्बन्धित लेनदेन पनि स्वचालित रूपमा रेकर्ड हुन्छ।
विशेषताहरू:
- निम्न विवरणहरूको पूर्ण इतिहास हेर्न सक्नुहुन्छ :
- खरीदहरू (Purchases)
- गरिएको भुक्तानीहरू (Payments made)
- खरीद फिर्ता (Purchase returns)
- तपाईंले कति तिर्न बाँकी छ वा कति तिरिसक्नुभएको छ भन्ने जानकारी सधैं उपलब्ध हुनेछ
कार्यहरू:
- सप्लायर्स लेजर कुनै पनि बेला डाउनलोड गर्न सकिने
- तुरुन्तै साझा गरी मिलान वा अभिलेख राख्न सकिने
लेजर किन महत्वपूर्ण छ
बटुली ले तपाईंको लेजरहरू स्पष्ट र वास्तविक समयमै अद्यावधिक (updated) राख्दछ, जसले गर्दा तपाईं:
- बक्यौता भुक्तानीमा भ्रमबाट बच्न सक्नुहुन्छ
- दीर्घकालीन ग्राहक तथा आपूर्तिकर्ता सम्बन्ध ट्र्याक गर्न सक्नुहुन्छ
- भरपर्दो तथ्यांकका आधारमा वित्तीय निर्णय लिन सक्नुहुन्छ
कुनै अव्यवस्था छैन। केवल स्मार्ट व्यापार अभिलेखन अब POS प्रणालीमै समावेश भएकाले कुनै म्यानुअल प्रविष्टि छैन र कुनै अव्यवस्था पनि छैन।