दैनिक सारांश प्रतिवेदन
बटुली को दैनिक सारांश प्रतिवेदन सँग तपाईं ले आफ्नो व्यवसायको दैनिक प्रदर्शनमा सजिलै नजर राख्न सक्नुहुन्छ । हरेक दिन यस प्रतिवेदनले बिक्री, खरिद, भुक्तानी, बाँकी रकम, फिर्ती लगायतका सबै महत्वपूर्ण गतिविधिहरू र सूचकहरूलाई एकै स्थानमा समेट्दछ ।
सारांश
दैनिक सारांश प्रतिवेदन प्रत्येक व्यवसायिक दिनको अन्त्यमा स्वचालित रूपमा तयार हुन्छ र तपाईंलाई निम्न कार्यहरूमा सहयोग पुर्याउँदछ:
- दिनको अन्त्यमा प्रदर्शन समीक्षा गर्न सक्नुहुन्छ ।
- नगद प्रवाह, बाँकी रकम, र नाफा ट्र्याक गर्न सक्नुहुन्छ ।
- भोलिको लागि स्मार्ट निर्णयहरू लिन सक्नुहुन्छ ।
१. सारांश कार्डहरू
निम्न मुख्य बुँदाहरू हेरि दिनको सुरुआत वा सिफ्टको अन्त्यमा गर्नुहोस्:
- कुल बिक्री (Total Sales)
- कुल खरिद (Total Purchases)
- प्राप्त भुक्तानीको कुल रकम (Total Received Payments)
- भुक्तानी गरिएको कुल रकम (Total Paid Payments)
- नाफा वा घाटा (Profit or Loss)
- बिक्री फिर्ती (Sales Returns)
- खरिद फिर्ती (Purchase Returns)
- बाँकी रकम (Outstanding Due)
- लागू गरिएको कुल छुट (Total Discounts Applied)
२. विवरण तालिकाहरू
क. बिक्री सारांश
| Invoice No | Customer Name | Amount | Payment Type | Status (Full/Due) |
|---|---|---|---|---|
| INV-0021 | Ghimire Stores | 12,000 | Cash | Full |
ख.खरिद सारांश
| Invoice No | Supplier Name | Amount | Payment Type | Status (Paid/Due) |
|---|---|---|---|---|
| PUR-0015 | ABC Suppliers | 8,500 | Bank Transfer | Half Paid |
ग. भुक्तानी कारोबार
| Type | Party Name | Amount | Method | Remarks |
|---|---|---|---|---|
| Received | Ghimire Stores | 12,000 | Cash | Sales Payment |
| Paid | ABC Suppliers | 4,250 | Bank | Purchase Partial Payment |
घ. फिर्तीहरू
| Type | Party Name | Invoice No | Returned Amount | Refund Status |
|---|---|---|---|---|
| Sales Return | Ghimire Stores | INV-0020 | 1,200 | Refunded |
| Purchase Return | ABC Suppliers | PUR-0012 | 900 | Adjusted |
३. कार्यहरू
- PDF मा पूर्ण दैनिक सारांश प्रतिवेदन डाउनलोड गर्नुहोस् ।
- Excel मा कच्चा डेटा निर्यात गर्नुहोस् ।
- भौतिक अभिलेख वा सिफ्ट हस्तान्तरणको लागि प्रिन्ट गर्नुहोस् ।
दैनिक सारांश किन आवश्यक छ?
- तपाईं को व्यवसायको वास्तविक समयमा स्वास्थ्य परीक्षण प्रदान गर्छ ।
- नगद दराज र खाता मिलान गर्न सहयोग पुर्याउँदछ ।
- असामान्य गतिविधि वा त्रुटिहरू पत्ता लगाउन मद्दत गदर्छ ।
- कर्मचारी उत्तरदायित्व र दिनको समीक्षा सुनिश्चित गदर्छ ।
बटुली ले तपाईंलाई हरेक दिन सूचित र नियन्त्रणमा राख्दछ जसले गर्दा व्यवसाय सञ्चालन जटिल महसुस हुदैन ।